


धनगढी । डडेल्धुरामा १५ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।



पक्राउ पर्नेमा परशुराम नगरपालिका–१२ खजुरानीका ३० वर्षीय योगेन्द्र बोहरा रहेका छन् ।





प्रहरीका अनुसार बालिकामाथि जबरजस्ती करणी गरेको भन्दै परेको उजुरीका आधारमा बिहीबार बेलुकी इलाका प्रहरी कार्यालय जोगबुडाबाट खटिएको प्रहरी टोलीले बोहरालाई पक्राउ गरेको हो ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।






