press
po

एनपीएल : आज दुई खेल हुँदै

cp new add
Nisharg hospital
Dhangadhi
Rubic

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेटमा आज दुई खेल हुँदैछन्। दुवै खेल कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुनेछन्।

sanjiwan
Nisharg

आजको पहिलो खेलमा मध्याह्न १२ः३० बजे पोखरा एभेन्जर्स र विराटनगर किङ्स आमनेसामने हुनेछन्। प्लेअफमा पुग्ने सम्भावना जीवित राख्न दुवै टोलीका लागि यो खेल महत्वपूर्ण रहेको छ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara
Nav

अङ्क तालिकाको छैटौँ स्थानमा रहेको विराटनगरले पाँच खेलमध्ये दुईमा जित र तीनमा हार बेहोरेको छ। यस्तै, आठौँ स्थानमा रहेको पोखराले पाँच खेल खेल्दा चारमा पराजय र एकमा मात्र जित निकालेको छ।

HAMRO DAIRY

आजै अपराह्न ५ बजे हुने दोस्रो खेलमा कर्णाली याक्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुनेछ। प्लेअफ सम्भावना कायम राख्न कर्णालीलाई आजको खेल जित्नैपर्ने दबाब छ।

अङ्क तालिकाको सातौँ स्थानमा रहेको कर्णालीले पाँच खेलमध्ये दुईमा जित र तीनमा हार बेहोरेको छ। तेस्रो स्थानमा रहेको लुम्बिनीले भने पाँच खेलमा तीन जित, एक हार र वर्षाका कारण एक खेलमा अङ्क बाँडेको छ।

जारी प्रतियोगितामा आठ टोली सहभागी छन्। एनपीएलको तेस्रो संस्करण मङ्सिर ५ गतेसम्म सञ्चालन हुनेछ।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...