भुटानी शरणार्थी प्रकरणमा सरकारलाई ज्ञानेन्द्र शाहीको प्रश्न– नयाँ फाइल किन तयार भएन ?




राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले भुटानी शरणार्थी प्रकरणको थप अनुसन्धान र दोषीमाथि कारबाही गर्न नसकेको भन्दै सरकारको जवाफदेहितामाथि प्रश्न उठाएका छन्।


शाहीले सत्ताबाहिर रहँदा भ्रष्टाचारविरुद्ध चर्को आवाज उठाउने र दोषीलाई जेल हाल्ने प्रतिबद्धता जनाउनेहरू सत्तामा पुगेपछि पनि प्रभावकारी कदम चाल्न नसकेको टिप्पणी गरेका हुन्।






उनका अनुसार नयाँ सरकार गठन भएको सात महिना र त्यसअघिको सरकारको कार्यकालसमेत जोड्दा १३ महिना बितिसक्दा पनि भुटानी शरणार्थी प्रकरणमा थप अनुसन्धान गरी नयाँ अभियोजन फाइल अदालतसम्म पुर्याउन सकिएको छैन।

संसद् र सामाजिक सञ्जालमा भ्रष्टाचारविरुद्ध चर्का अभिव्यक्ति दिनेहरू अहिले सत्तामा हुँदा पनि परिणाम देखाउन नसकेको उनको आरोप छ। यसअघि कारबाहीमा परेर जेल सजाय भोगिरहेका केही व्यक्तिसमेत छुटिसकेको उल्लेख गर्दै उनले थप अनुसन्धान र कारबाहीको प्रक्रिया कहाँ पुगेको छ भन्ने प्रश्न उठाएका छन्।
शाहीले भुटानी शरणार्थी प्रकरणको नयाँ अनुसन्धान फाइल किन तयार हुन सकेन, दोषीमाथि थप कारबाही किन भएन र अनुसन्धान प्रक्रिया किन अघि बढ्न सकेन भन्दै सरकारसँग जवाफ मागेका छन्।





