press
po

बाजुरामा आगलागी हुँदा दुई घर जलेर नष्ट

cp new add
Nisharg hospital
Dhangadhi
Rubic
Nav

बाजुरामा आगलागी हुँदा दुई घरमा क्षति पुगेको छ। आगलागीबाट एक घर पूर्णरूपमा जलेर नष्ट भएको छ भने अर्को घरको भान्सा जलेको छ।
त्रिवेणी नगरपालिका–६ पन्धाराका नन्दु नेपाली र बडीमालिका नगरपालिका–२ जुगेडाका मानबहादुर विष्टको घरमा आगलागी भएको हो।
आगलागीबाट नन्दुको घर पूर्णरूपमा जलेर नष्ट भएको छ। घरमा रहेका अन्नपात, लत्ताकपडा तथा अन्य धनमालसमेत जलेर नष्ट भएको नेपालीले बताएका छन्।
यस्तै, बडीमालिका नगरपालिका–२ जुगेडाका मानबहादुर विष्टको घरको भान्सामा आगलागी हुँदा अन्नपात, लत्ताकपडा तथा भाँडाकुँडा जलेर नष्ट भएका छन्।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार दुवै घटनामा भएको क्षतिको विस्तृत विवरण र आगलागीको कारण खुल्न बाँकी रहेको छ।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...