कांग्रेस देउवा समूहको सुदूरपश्चिम प्रदेश अधिवेशन मंसिर मा हुने

cp new add
Nisharg hospital
Dhangadhi
काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहले सुदूरपश्चिम प्रदेशको अधिवेशन मंसिर १५ र १६ गते गर्ने भएको छ ।

पूर्वसभापति शेरबहादुर देउवाको गृहप्रदेशसमेत रहेको सुदूरपश्चिममा प्रदेश अधिवेशन कैलालीको धनगढीस्थित सौराइ स्क्वायरमा आयोजना हुने भएको हो ।

प्रदेश सभापति वीरबहादुर बलायरले शनिबार विज्ञप्ति जारी गर्दै अधिवेशनको मिति र स्थान सार्वजनिक गरेका हुन् । विज्ञप्तिमा सुदूरपश्चिमका नौवटै जिल्लाका वडा, पालिका, प्रदेशसभा निर्वाचन क्षेत्र र प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन सम्पन्न भइसकेको उल्लेख छ ।

यसैबीच, देउवा समूहले पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा ‘१५औँ नियमित महाधिवेशन तयारी समिति’ गठन गरेको छ । उक्त समूहले मंसिर २१ देखि २३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने जनाएको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...