

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ शुक्रबार साँझ संयुक्त अरब इमिरेट्स (युएई) प्रस्थान गर्ने भएका छन् ।
युएईमा आयोजना हुने विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन उनी त्यसतर्फ जान लागेका हुन् । गृहमन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेले गृहमन्त्री गुरुङ सम्मेलनमा सहभागी हुन युएई जान लागेको रातोपाटीलाई बताए ।
गुरुङ मंसिर २ गते स्वदेश फर्किनेछन् ।

