अहिले पुलिस दुई भागमा बाँडिएको छ– ओली

cp new add
Nisharg hospital
Dhangadhi

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ‌ओलीले प्रहरी संगठन अहिले दुई भागमा बाँडिएको दाबी गरेका छन्। शनिबार पार्टीको बागमती प्रदेश कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रहरी दुई भागमा बाँडिएको बताएका हुन्।

‘अहिले पुलिस दुई भागमा बाँडिएको छ। एउटा मार खानेमा परेको छ, अर्को हेरेर बसेको छ,’ ओलीले भने, ‘अहिले खुसी हुनेहरूले भोलि मार खान्छन् फेरि।’ उनले प्रहरीको सेवा सुविधा बढाउने भूमिका आफूहरूले नै बताए।

‘प्रहरीको सुविधाका लागि, प्रहरीको जीवन जागिरमा पनि सजिलो होस्, उनीहरू विदेश जाँदा पनि थितिसँग, कहीँ धाएर होइन, पैसा खुवाएर होइन, थितिसँग जान पाउनु भनेर हामीले नै गर्‍यौँ,’ उनले भने। तर अहिले प्रहरीको व्यवहार देख्दा आफू आश्चर्यमा परेको ओलीले बताए।

प्रहरीमाथि आक्रमण गर्ने, हतियार खोस्ने र बर्दी उतार्नेहरूलाई मालिक मानेर उनीहरूकै आदेशमा आफूहरूमाथि प्रहार गरिएको उनको आरोप थियो।  पुलिस मार्ने, त्यसरी पुलिसका हतियार खोस्ने, बर्दी उतार्ने, पुलिस छुट्ने, नाङ्गे बनाएर छोड्ने, नालीमा फालिदिनेहरूलाई मालिक मानेर त्यस्ताका आदेशमा हामीमाथि निर्मम प्रहार गरे,’ उनले भने।

प्रहरीले आगामी दिनमा यस्तो व्यवहार नगर्ने आफूले अपेक्षा गरेको पनि ओलीले बताए। ‘म अपेक्षा गर्छु, आइन्दा त्यस्तो गर्दैन होला अब। त्यस्तो नगरोस् पुलिसले भन्ने म चाहन्छु,’ उनले भने।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...