

धनगढी । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित एक होटलबाट जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ परेका छन् ।
शनिबार बेलुकी सैनिक होटलमा जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सोही ठाउँका ४७ वर्षीय नमराज विष्टसहित १० जना रहेका छन् ।
प्रहरीले उनीहरूको साथबाट ६० हजार १७५ रुपैयाँ नगद र एक गड्डी तास बरामद गरेको जनाएको छ ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

