दुई हप्ताभित्रै ३०–३५ वटा आर्थिक सुधारका प्याकेज ल्याइँदै

cp new add
Nisharg hospital
Dhangadhi

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले एक–दुई हप्ताभित्रै ३० देखि ३५ वटा नयाँ आर्थिक सुधारका कार्यक्रम समेटिएको प्याकेज सार्वजनिक गरिने घोषणा गरेका छन् ।

राष्ट्रिय कर दिवसका अवसरमा आन्तरिक राजस्व विभागद्वारा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले यस्तो जानकारी दिएका हुन् । वाग्लेले सुधार निरन्तरको कदम भएको भन्दै जेठ १५ को घोषणापछि पनि आफूहरू हात बाँधेर नबसेको बताए ।

‘जेठ १५ मा बजेट आयो, अब अर्को जेठ १५ सम्म कुरेर बस्ने भन्ने हाम्रो छँदै छैन,’ उनले भने, ‘पूर्वाधार सम्मेलनको सन्निकट ५०–६० वटा ऐनका करिब ५०० दफा संशोधन गर्ने गरी ठुलो ओम्निबस रिफर्मको तयारी भइरहेको छ। आगामी बजेटमा ‘ट्याक्स रिफर्म २।०’ लाई निरन्तरता दिइनेछ।’

उनले भोटेकोसी राहत प्याकेज र पुँजीबजार सुधारका लागि ल्याइएको २१ बुँदे कार्यक्रमले सकारात्मक नतिजा दिन थालेको उल्लेख गर्दै सेयर बजार अहिले स्वस्थ लयमा फर्किएको दाबी गरे। ‘करको फर्छ्यौटमा बम्पर उपहार दिइएको छ, सदुपयोग गर्नुस्’

अर्थमन्त्री वाग्लेले नेपालको कर–कुल गार्हस्थ्य उत्पादन अनुपात २०–२१ प्रतिशत हुनुको अर्थ करको दर उच्च हुनु नभई राजस्व परिचालन उच्च हुनु भएको स्पष्ट पारे । यस वर्ष सरकारले ऐतिहासिक रूपमा करको दायरा फराकिलो बनाउँदै दरमा भारी कटौती गरेको उनको भनाइ थियो।

उनका अनुसार १०–१५ वर्षदेखि शुल्क, दस्तुर, ब्याज र जरिवानाको बोझले थिचिएर उठ्नै नसक्ने अवस्थामा पुगेका करदाताहरूका लागि सरकारले आर्थिक ऐनमार्फत कर विवाद समाधान र स्वैच्छिक कर अनुपालनाको ऐतिहासिक ‘बम्पर उपहार’ ल्याएको उल्लेख गर्दै पुस महिनाभित्रै त्यसको लाभ लिन अर्थमन्त्री वाग्लेले आग्रह गरे।

‘यस्ता स्किम पटक–पटक आउँदैनन्,’ उनले भने, ‘यो अवसरको उपयोग गरेर करदाताहरू तङ्ग्रिनुहोस्। यसको प्रचारप्रसारमा आन्तरिक राजस्व विभाग अझ सशक्त भएर लाग्नुपर्छ।’ उनले तत्काल कुनै कर दर वा अभ्यासका कारण उद्योगी–व्यवसायीलाई अन्याय वा मर्का परेको भए आर्थिक ऐनको दफा १८ मा टेकेर भए पनि सुधार गरिने प्रतिबद्धता उन व्यक्त गरे ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...