जापानमा मस्तिष्कघात भएकी २२ वर्षीया विष्णुको उद्धार, केएमसीमा निःशुल्क उपचार

cp new add
Nisharg hospital
Dhangadhi
काठमाडौं । जापानमा मस्तिष्कघात भएर ६ महिनादेखि उपचाररत २२ वर्षीया नेपाली युवती विष्णु कुँवरलाई उद्धार गरी स्वदेश ल्याइएको छ। सोमबार नेपाल आइपुगेकी उनको काठमाडौं मेडिकल कलेज (केएमसी) मा निःशुल्क उपचार सुरु गरिएको छ।
रोजगारीका लागि जापान पुगेकी विष्णुको अचानक मस्तिष्कघात भएपछि स्वास्थ्य अवस्था जटिल बनेको थियो। आर्थिक अभावका कारण उपचारलाई निरन्तरता दिन र स्वदेश फर्किनसमेत समस्या भएपछि नेपाली कांग्रेसका नेता तथा गिरिजाप्रसाद कोइराला फाउन्डेसनका सभापति डा. सुनिलकुमार शर्माको पहलमा उनलाई नेपाल ल्याइएको हो।

नेपाल एयरलाइन्समार्फत सोमबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेकी विष्णुलाई लिन डा. शर्मा विशेषज्ञ चिकित्सकको टोली र एम्बुलेन्ससहित विमानस्थल पुगेका थिए। उनलाई सिधै केएमसी शिक्षण अस्पताल पुर्‍याएर भर्ना गरिएको छ।

नेपाल आइपुगेपछि आफू कहाँ रहेको भन्दै प्रश्न गरेकी विष्णुलाई डा. शर्माले आफ्नै देशको काठमाडौं मेडिकल कलेजमा रहेको बताएपछि उनी भावुक बनेकी थिइन्।

डा. शर्माले अस्पतालबाट डिस्चार्ज नहुँदासम्म विष्णुको उपचारमा लाग्ने सम्पूर्ण खर्च आफूले बेहोर्ने बताएका छन्। चिकित्सा विज्ञानले सम्भव भएसम्मका सबै उपचार सेवा निःशुल्क उपलब्ध गराउने उनको प्रतिबद्धता छ। ‘आर्थिक अभावकै कारण कुनै पनि बिरामी उपचारबाट वञ्चित हुनु हुँदैन,’ डा. शर्माले भनेका छन्।

जापानमा ६ महिना कठिन समय बिताएर स्वदेश फर्किएकी विष्णुको अहिले परिवारको साथमा केएमसीमा थप उपचार भइरहेको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...