टीकापुरमा खैरो हिरोइनजस्तो पदार्थसहित तीन जना पक्राउ

cp new add
Nisharg hospital
Dhangadhi

टीकापुर । कैलालीको टीकापुरबाट खैरो हिरोइनजस्तो देखिने लागुऔषधसहित तीन जना पक्राउ परेका छन्।

टीकापुर नगरपालिका–१ एकतानगरस्थित सुरेश विश्वकर्माको घरमा लागुऔषध सेवन भइरहेको अवस्थामा प्रहरीले मंगलबार राति चेकजाँच गरेको थियो।

सो क्रममा ४४० मिलिग्राम खैरो हिरोइनजस्तो देखिने धुलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा घरधनी २५ वर्षीय सुरेश विश्वकर्मासहित सोही ठाउँका २६ वर्षीय विशाल बिक र २२ वर्षीय वीरेन्द्र बिक रहेका छन्।

उनीहरूलाई इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...