सुमो गाडी दुर्घटना, तीन जनाको मृत्यु

cp new add
Nisharg hospital
Dhangadhi

काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–१ भैँसेनजिक त्रिभुवन राजपथमा सुमो गाडी दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । दुर्घटनामा ७ जना घाइते भएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

उनका अनुसार बिहीबार बिहान ९ बजेतिर नम्बर नखुलेको सुमो गाडी सडकबाट अन्दाजी २० देखि २५ मिटर तल खोलामा खसेर दुर्घटना भएको हो।

दुर्घटनामा घाइते भएकालाई स्थानीयवासी र सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोलीले उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पठाएको

उनका अनुसार घटनाको जानकारी प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल, नेपाल नं. १४ गण मकवानपुरबाट सशस्त्र प्रहरी उपरीक्षकको कमाण्डमा ११ जनाको टोली घटनास्थलमा खटिएको छ। दुर्घटनाको थप विवरण आउन बाँकी रहेको छ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...