राष्ट्रिय भेलामा अपरिचित व्यक्तिको प्रवेश रोक्न ओलीको निर्देशन, परिचयपत्र अनिवार्य

cp new add
Nisharg hospital
Dhangadhi
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको राष्ट्रिय भेलामा सहभागी नेता तथा कार्यकर्तालाई अनिवार्य परिचयपत्र लगाउन निर्देशन दिएका छन् ।

बिहीबार काठमाडौँमा आयोजित राष्ट्रिय भेलाको दोस्रो दिन सम्बोधन गर्दै ओलीले कार्यक्रमस्थलमा अपरिचित व्यक्तिको प्रवेश र आवतजावत व्यवस्थित गर्न स्वयंसेवकहरूलाई निर्देशन दिएका हुन् । आफूहरू बसिरहेको स्थानसम्मै एक अपरिचित व्यक्ति आएर पत्र बुझाएको प्रसंग सुनाउँदै उनले सुरक्षा व्यवस्थापनमा सचेत रहन आग्रह गरे । ती व्यक्तिले आफूलाई सामान्य नेपाली मतदाता भएको बताएको उल्लेख गर्दै ओलीले कार्यक्रमस्थलमा जोसुकैको सहज पहुँच हुन नहुने बताए ।

पार्टीका नेता तथा प्रतिनिधिहरूलाई भेट्न अपरिचित व्यक्तिहरू सहजै पुग्दा महत्वपूर्ण समय खेर जाने भन्दै उनले प्रवेश व्यवस्थापन चुस्त बनाउन निर्देशन दिए । ओलीले भेलामा सहभागी सबै नेता तथा कार्यकर्ताले परिचयपत्र अनिवार्य रूपमा लगाउनुपर्ने बताए । सांस्कृतिक वा अन्य कारणले परिचयपत्र लगाउन नमिल्नेहरूले भने साथमा राखेर आवश्यक पर्दा देखाउनुपर्ने उनको भनाइ थियो ।

उनले बैठकलाई शान्त, अनुशासित र मर्यादित बनाउनसमेत आग्रह गरे । बैठकको समयमा अनावश्यक कुराकानी नगर्न र आपसी भेटघाट तथा कुराकानीका लागि खाना, खाजा र विश्रामको समय उपयोग गर्न उनले सुझाव दिए ।

‘बैठकलाई पूर्ण रूपमा शान्त, अनुशासित र मर्यादित बनाउनुपर्छ । आपसी भेटघाट र कुराकानीका लागि खाना खाने, खाजा तथा विश्रामको समय प्रयोग गरौँ, बैठकको समय होइन,’ ओलीले भने ।

बिहीबारको कार्यक्रम दिउँसो २ बजेसम्म सम्पन्न गर्ने लक्ष्य रहेको उल्लेख गर्दै उनले निर्धारित कार्यसूचीअनुसार कार्यक्रम अघि बढाउन नेता तथा कार्यकर्तालाई आग्रह गरे ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...