धान काट्ने मेसिनमा मोटरसाइकल ठोक्किँदा दुई युवकको मृत्यु

cp new add
Nisharg hospital
Dhangadhi

झापा । झापाको बाह्रदशी गाउँपालिका–५ चारपाने–राजगढ सडकखण्डमा धान काट्ने मेसिनमा मोटरसाइकल ठोक्किँदा दुई युवकको मृत्यु भएको छ ।

गएराति भएको दुर्घटनामा बाह्रदशी गाउँपालिका–५ चकचकीका गोपाल ताजपुरिया र सोही गाउँपालिकाको बुट्टावारीका अशोक राजवंशीको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख सन्तोष पाठकका अनुसार मोटरसाइकल धान काट्ने मेसिनमा ठोक्किँदा दुवै जनाको घटनास्थलमै मृत्यु भएको हो ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...