

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री मुकुल ढकाल र सहमहामन्त्री निशा डाँगीले आफ्नो विवाहको निमन्त्रणा दिन पार्टी सभापति रवि लामिछाने र सभामुख डीपी अर्याललाई भेटेका छन्।
ढकाल र डाँगी विवाहको निम्तो लिएर दुवै नेताको निवासमै पुगेका हुन्।
भेटका क्रममा लामो समयदेखि बिग्रिएको भनिएको रवि लामिछाने र मुकुल ढकालबीचको व्यक्तिगत सम्बन्धमा समेत सुधार आएको बताइएको छ।
भेटमा रवि लामिछाने र डीपी अर्याल दुवैले विवाह समारोहमा सहभागी हुने प्रतिबद्धता व्यक्त गरेका छन्।
मुकुल ढकाल र निशा डाँगीको विवाह आगामी मंसिर १० गते हुने तय भएको छ। विवाहको निम्तो लिएर भएको यस भेटलाई राजनीतिक वृत्तमा समेत चासोका साथ हेरिएको छ।

