वैदेशिक रोजगारी ठगी आरोपमा पूर्वमन्त्री शेरबहादुर कुँवरसहित ६ जनालाई ४ दिन हिरासतमा राख्न अनुमति

cp new add
Nisharg hospital
Dhangadhi

वैदेशिक रोजगारीका नाममा ठगी तथा संगठित अपराधको आरोपमा पक्राउ परेका पूर्वमन्त्रीसहित ६ जनालाई चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेका तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादवसहित ६ जनालाई काठमाडौं जिल्ला अदालतले बिहीबार अनुसन्धानका लागि चार दिन म्याद थप गरेको हो।
पक्राउ पर्ने अन्यमा मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुखद्वय उमेश ढुंगाना र राजीव पोखरेल तथा तत्कालीन कानुन अधिकृत निर्मला गुरुङ रहेका छन्।
उनीहरूमाथि नेपाल र मलेसिया सरकारबीच भएको समझदारीविपरीत वैदेशिक रोजगारीका नाममा गैरकानुनी रूपमा रकम संकलन गरी अमेरिकी डलर र बेलायती पाउन्ड मलेसिया पठाउने निर्णयमा संलग्न रहेको आरोप छ।
प्रहरीका अनुसार अधिकार क्षेत्र नाघेर विदेशी मुद्रा अपचलन गराएको तथा पद र जिम्मेवारीको दुरुपयोग गरी संगठित समूहलाई लाभ पुर्‍याएको आरोपमा उनीहरूमाथि अनुसन्धान भइरहेको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...