प्रधानमन्त्री बालेन आइतबार दिउँसो पौने २ बजे भारत भ्रमणमा जाने

cp new add
Nisharg hospital
Dhangadhi

काठमाडौं । प्रधानमन्त्री बालेन शाह आइतबार दिउँसो भारत भ्रमणमा जाने भएका छन् ।

भारत भ्रमणबारे जानकारी दिन परराष्ट्र मन्त्रालयले आज आयोजना गरेको प्रेस ब्रिफिङ अनुसार प्रधानमन्त्री शाह ६ मंसिर अर्थात आइतबार १:४५ बजे नेपाल वायु सेवा निगमको नियमित उडानमार्फत भारतको राजकीय भ्रमणमा जानेछन् ।

भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकारलगायत सहभागी हुनेछन्।

भ्रमणमा निजी क्षेत्रबाट ५२ सदस्यीय टोली पनि सहभागी हुनेछ । उनीहरू आफ्नै खर्चमा भारत जान लागेका हुन् । निजी खर्चमै केही सञ्चारकर्मी पनि भ्रमण टोलीमा सहभागी हुनेछन्।

प्रधानमन्त्री शाहले भारत भ्रमणका क्रममा ७ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम छ। वार्तामा दुई देशबीच सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्यसँग सम्बन्धित विभिन्न परियोजनाबारे छलफल हुनेछ। भ्रमणका क्रममा केही सम्पन्न परियोजनाको उद्घाटन र नयाँ परियोजनाको शिलान्यास गर्ने तयारी पनि छ।

दुई दिने भारत भ्रमण सकेर उनी सोमबार साँझ ६स्३५ बजे स्वदेश फर्कने कार्यक्रम छ ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...