सांसद भएलग्तै संसदीय दलको चुनावको तयारी गर्छु : गगन थापा

cp new add
Nisharg hospital
suchana

४ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौं ४ को मत परिणामले मुलुक कसले हाँक्ने भनेर निर्णय लिने बताएका छन् ।

काठमाडौं–४ मा कांग्रेसका उम्मेदवार थापाले मतदानपछि संक्षिप्त कुरा गर्दै सांसद भएपछि संसदीय दलको चुनाव लड्ने आफ्नो योजना रहेको बताए ।
त्यही भनेर आफू मतदातामाझ गएको भन्दै उनले भने, ‘मत परिणामले यो क्षेत्रको सांसद दिने मात्र होइन, संसदीय व्यवस्थाभित्र ड्राइभिङ सिटमा बसेर नेपाललाई कसले हाँक्ने भनेर निर्धारण गर्ने चरणको रुपमा लिएको छु ।’

मूलधारको राजनीतिक दलभित्र परिर्वतन कसरी सम्भव छ ? परिर्वतन भयो भने के अर्थ राख्छ ? भनेर काठमाडौं–४ का मतदातालाई हेक्का रहेको उनले बताए ।

कांग्रेसबाहेक अरु दलमा संसदीय दलको निर्वाचनको औपचारिकता समेत पूरा नहुने अवस्था रहेको भन्दै महामन्त्री थापाले भने, यदि बदलाव आयो भने कांग्रेसभित्र आउने हो, जहाँ निर्वाचन हुन्छ र म सांसद भएपछि भोलिपल्टबाट संसदीय दलको निर्वाचनको तयारी गर्ने हो, संसदीय दलको निर्वाचन जित्ने हो र ड्राइभिङ सिटमा बसेर देश हाँक्ने हो भन्ने संकल्प हो ।’

काठमाडौं–४ का मतदाताले आफ्नो संकल्प पूरा गर्ने आधार दिने विश्वास रहेको उनले बताए ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...