माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु

cp new add
Nisharg hospital
Dhangadhi

भद्रपुर । झापाको कमल गाउँपालिका–१, शुक्रबारेस्थित किस्ने खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय गोपाल राई छन् ।

माछा मार्न लगाएको करेन्ट आफैँलाई लाग्दा राईको शनिबार घटनास्थलमा नै मृत्यु भएको झापाका प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिए ।

यसअघि गत भदौमा पनि सोही खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा एकजनाको मृत्यु भएको थियो । मृतक राईको शव परीक्षणका लागि दमक अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...