

काठमाडौं । काठमाडौं महानगरपालिका–१६ माछापोखरीस्थित एक गेष्ट हाउसमा जुवातास खेल्दै गरेको अवस्थामा १२ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा कृष्ण गुरुङ, जितबहादुर गुरुङ, नविन गुरुङ, समीर गुरुङ, अशोक शर्मा, अरुण खनाल, रामशरण केसी, च्यारी गुरुङ, हेमन्त गुरुङ, वीरबहादुर गुरुङ र डम्मरसिंह गुरुङ छन् । उनीहरूबाट एक लाख ९३ हजार १८५ रुपैयाँ र ४ बुक तास समेत बरामद भएको छ ।
प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

