नेपालले मागेका धाम्रा र मुन्द्राको सट्टा कान्डला र पारादीप बन्दरगाहको पहुँच

cp new add
Nisharg hospital
Dhangadhi
काठमाडौं । नेपालले तेस्रो मुलुकसँगको व्यापारका लागि भारतका दुई नयाँ बन्दरगाह प्रयोग गर्न पाउने भएको छ । भारतले नेपाललाई गुजरातको कान्डला र उडिसाको पारादीप बन्दरगाह प्रयोगको पहुँच दिने घोषणा गरेको हो ।

प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा दुई देशका प्रतिनिधिमण्डलबीच भएको वार्तापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त पत्रकार सम्मेलनमार्फत यस्तो घोषणा गरेका हुन् ।

नेपालले भने उडिसाको धाम्रा र गुजरातको मुन्द्रा बन्दरगाह प्रयोग गर्न अनुमति मागेको थियो । यी दुई बन्दरगाह प्रयोग गर्ने विषयमा सन् २०१९ मै सहमति भएको भए पनि कार्यान्वयन हुन सकेको थिएन ।

यसपटक नेपालले मागेका बन्दरगाहको सट्टा भारतले सोही राज्यका अन्य दुई बन्दरगाह प्रयोग गर्न दिने सहमति गरेको हो । धाम्रा र मुन्द्रा बन्दरगाह अडानी समूहले व्यवस्थापन गर्दै आएको छ भने कान्डला र पारादीप भारत सरकारको सञ्चालनमा छन् ।

हाल नेपालले तेस्रो मुलुकसँगको आयात–निर्यात व्यापारका लागि भारतका कोलकाता, हल्दिया र विशाखापट्टनम बन्दरगाह प्रयोग गर्दै आएको छ ।

पश्चिम बंगालस्थित कोलकाता र हल्दियालाई नेपालले एउटै व्यापारिक मार्गका रूपमा प्रयोग गर्छ । कोलकातामा साना जहाज आउने र हल्दियामा ठूला जहाज आउने भएकाले दुवै बन्दरगाह एकअर्काका पूरकका रूपमा रहेका छन् ।

नेपालले लामो समयदेखि विद्यमान बन्दरगाहबाहेक थप विकल्प उपलब्ध गराउन भारतसँग आग्रह गर्दै आएको थियो । कान्डला र पारादीपको पहुँचले नेपालको तेस्रो मुलुकसँगको व्यापारमा थप विकल्प उपलब्ध हुने अपेक्षा गरिएको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...