भारतसँगका समझदारीको प्रतिफल किसानको खेतदेखि युवाको हातसम्म पुग्नुपर्छ : बालेन

cp new add
Nisharg hospital
Dhangadhi

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले भारतसँग भएका समझदारी र अघि बढाइएका परियोजनाको प्रतिफल आम नागरिकले प्रत्यक्ष अनुभूति गर्न पाउनुपर्ने बताएका छन् ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटपछि नयाँदिल्लीमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा बोल्दै उनले समझदारीको उपलब्धि किसानको खेतमा समृद्धि, युवाका हातमा रोजगारी, विद्यार्थीका लागि अवसर र उद्यमीका लागि नयाँ बजारका रूपमा देखिनुपर्ने बताए ।

‘हामीले आज गरेका समझदारी र अघि बढाएका परियोजनाको प्रतिफल किसानको खेतमा समृद्धिका रूपमा देखिनुपर्छ । युवाका हातमा रोजगारी र अवसरका रूपमा पुग्नुपर्छ,’ उनले भने ।

शाहले नेपाल–भारत सम्बन्धलाई ऐतिहासिक आधारमा मात्र सीमित नराखी आपसी विश्वास, सहकार्य र साझा समृद्धिमार्फत रूपान्तरणकारी विकास साझेदारीमा बदल्नुपर्ने बताए ।

उनले दुई देशबीच विभिन्न क्षेत्रमा समझदारी हुनुका साथै पूर्वाधार उद्घाटन र शिलान्यासका काम भएको जानकारी दिए । भगवान् राम र माता जानकीसँग जोडिएको ऐतिहासिक तथा सांस्कृतिक सम्बन्धलाई थप जीवन्त बनाउन अयोध्या–जनकपुर रेल सेवा शुभारम्भ गरिएको पनि उनले बताए ।

प्रधानमन्त्री शाहले नेपालमा भारतीय लगानीलाई स्वागत गर्दै प्रस्तावित आईआईटीमा भारतीय विद्यार्थीसमेत अध्ययन गर्न सक्ने वातावरण बनाउनुपर्ने र दुई देशका सहरबीच प्रत्यक्ष हवाई सम्पर्क विस्तार गर्नुपर्ने धारणा राखे ।

उनले नेपाल–भारतबीचको विश्वास हिमालझैँ अग्लो र सहकार्य नदीझैँ अविरल बगोस् भन्ने कामना गरे ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...