जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

cp new add
Nisharg hospital
Dhangadhi
सप्तरी । सप्तरीमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

रुपनी गाउँपालिका–६ मिलनचोकमा बुधबार राति जंगली हात्तीको आक्रमणबाट स्थानीय ५३ वर्षीय सुपबहादुर श्रेष्ठको मृत्यु भएको हो ।

सप्तरीका प्रहरी प्रमुख एसपी रुपक खड्काका अनुसार राति करिब १ः३० बजे जंगलबाट गाउँ पसेको हात्तीबारे थाहा पाएपछि श्रेष्ठ घरबाहिर निस्किएका थिए । सोही क्रममा हात्तीले आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।

यसअघि मंगलबार राति पनि जंगली हात्ती गाउँ पसेर क्षति पुर्‍याएको एसपी खड्काले जानकारी दिए ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...