दानबहादुर कार्कीको रिटमा सर्वोच्चमा सुनुवाइ सुरु

cp new add
Nisharg hospital
Dhangadhi

काठमाडौं । आईजीपीबाट हटाइएका दानबहादुर कार्कीले दायर गरेको रिटमा सर्वोच्च अदालतको संयुक्त इजलासमा सुनुवाइ सुरु भएको छ । रिटमा सुनुवाइका लागि सर्वोच्चका न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलास तय भएको छ । अहिले रिट निवेदक कार्की पक्षका कानुनव्यवसायीले बहस गरिरहेका छन् ।

आफूलाई गैरकानुनी रूपमा आईजीपीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहाकारमा सरुवा गरिएको दाबीसहित सरकारको निर्णय रोक्न माग राखेर कार्की सर्वोच्च पुगेका हुन् । सरकारले कार्कीलाई सुरक्षा सल्लाहकार बनाउँदै डा. मनोजकुमार केसीलाई आईजीपीमा नियुक्त गरेको थियो ।

यसअघि आईजीपी केसीले म्याद नबुझेको कारण देखाएर ७ मंसिरको सुनुवाइ स्थगित भएको थियो । गत १८ कात्तिकमा बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई आईजीपीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहाकार बनाएपछि विवाद अदालत पुगेको हो ।

यसअघि न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले सरकारसँग लिखित जवाफ माग गर्दै अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलका लागि डाकेको थियो । कार्की तर्फका कानुनव्यवसायीको बहस सकिएपछि सरकारको बचाउमा सरकारी वकिलले बहस गर्नेछन् ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...