सुदूरपश्चिम रोयल्सले ९ जिल्लामै एनपीएल च्याम्पियन्स ट्रफी घुमाउने, कहिले कहाँ ?

cp new add
Nisharg hospital
Dhangadhi

धनगढी । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधि जितेको सुदूरपश्चिम रोयल्सले प्रदेशका नौवटै जिल्लामा च्याम्पियन्स ट्रफी घुमाउने भएको छ।

टोलीले मंसिर १३ देखि २० गतेसम्म प्रदेशका विभिन्न जिल्लामा ट्रफी प्रदर्शन, र्‍याली तथा उत्सवका कार्यक्रम आयोजना गर्न लागेको हो। उपाधि जितको खुसी प्रदेशभरका समर्थकसँग साट्न र क्रिकेटप्रतिको उत्साह थप बढाउन ट्रफी टुर गर्न लागिएको हो।

निर्धारित कार्यक्रमअनुसार मंसिर १३ गते अछाम र बाजुराबाट ट्रफी टुर सुरु हुनेछ। मंसिर १४ गते डोटी र डडेल्धुरा तथा १५ गते बैतडी र दार्चुलामा कार्यक्रम आयोजना गरिनेछ।

त्यस्तै, मंसिर १६ गते दार्चुलाको मालिकार्जुन मन्दिरमा ट्रफी प्रदर्शनसँगै खलंगामा र्‍याली निकालिनेछ। मंसिर १७ गते बझाङ र १८ गते डडेल्धुराको परशुराम धाममा ट्रफी प्रदर्शन गरिने कार्यक्रम छ।

मंसिर १९ गते कैलालीका विभिन्न स्थानमा ट्रफी प्रदर्शन गरिनेछ। टीकापुर पार्कबाट सुरु हुने कार्यक्रम चिसापानी, लम्की, घोडाघोडी ताल हुँदै अत्तरियासम्म पुग्नेछ। सोही दिन कञ्चनपुरको महेन्द्रनगर बजारदेखि दोधारा चाँदनी पुलसम्म पनि र्‍याली निकालिने तालिका छ।

ट्रफी टुरको अन्तिम दिन मंसिर २० गते धनगढीमा विशेष कार्यक्रम आयोजना हुनेछ। दिउँसो ३ बजेदेखि ५ बजेसम्म धनगढी चौराहादेखि महोत्सव मैदानसम्म र्‍याली निकालिनेछ। त्यसपछि साँझ ५ बजे महोत्सव मैदानमा कन्सर्ट आयोजना गरिनेछ।

एनपीएलको तेस्रो संस्करणको फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै पहिलोपटक उपाधि जितेको थियो। लगातार तेस्रोपटक फाइनल पुगेको सुदूरपश्चिमले यसपटक उपाधि उचालेपछि प्रदेशभर क्रिकेट समर्थकमा उत्साह छाएको छ।

च्याम्पियन्स ट्रफी टुरमार्फत टोलीले उपाधि जितको खुसी नौवटै जिल्लाका समर्थकमाझ पुर्‍याउने र सुदूरपश्चिममा क्रिकेटको माहोल थप उत्साहपूर्ण बनाउने लक्ष्य राखेको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...