बाढीमा बेपत्ता ३ हजार ९१५ नेपालीलाई मृत घोषणा गर्न सरकारसमक्ष सिफारिस

cp new add
Nisharg hospital
Dhangadhi

काठमाडौँ । रसुवा–भोटेकोशी बाढीमा परी बेपत्ता भएका ३ हजार ९१५ नेपाली नागरिकलाई मृत घोषणा गर्न विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले सरकारलाई सिफारिस गरेको छ ।

गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा बिहीबार बसेको समितिको ३८औँ बैठकले ४८ जिल्लाबाट प्राप्त यकिन विवरणका आधारमा बेपत्ता नागरिकलाई मृत घोषणा गर्न सिफारिस गर्ने निर्णय गरेको हो । बैठकमा सातवटा विदेशी नियोगमार्फत पहिचान तथा पुष्टि भएका ६२३ विदेशी नागरिकको विवरणसमेत प्रस्तुत गरिएको जनाइएको छ ।

विपद्मा परी बेपत्ता भएका व्यक्तिलाई मृत घोषणा गर्न सकिने कानुनी व्यवस्था विपद्सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८३ को दफा २ को उपदफा ९३० मा गरिएको छ । बेपत्ता नेपाली नागरिकको विवरण सङ्कलन गर्दा सम्बन्धित स्थानीय तहको सिफारिस र जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको निर्णयलाई आधार बनाइएको थियो ।

विदेशी नागरिकको हकमा भने सम्बन्धित देशका नेपालस्थित वा नेपालका लागि जिम्मेवारी तोकिएका नियोगबाट प्राप्त विवरणका आधारमा प्रक्रिया अघि बढाइएको हो । विदेशी नागरिकको विवरण तथा दाबी सङ्कलनका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दुई चरणमा सातदिने सूचना जारी गरेको थियो ।

यसै बैठकले ‘सबैका लागि पूर्वसूचना (अर्ली वार्निङ फर अल) राष्ट्रिय मार्गचित्र, २०८३–२०८७’ स्वीकृत गरेको छ । मार्गचित्रअनुसार २०८७ सालसम्म देशका सबै समुदायमा प्रकोपसम्बन्धी पूर्वसूचना पुर्‍याउने लक्ष्य राखिएको छ । त्यसका लागि बहुप्रकोप पूर्वसूचना प्रणालीको विस्तार, स्तरोन्नति र प्रभावकारी सञ्चालनमा जोड दिइनेछ ।

बैठकले वन डढेलोको जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि तयार पारिएको राष्ट्रिय रणनीति, २०८३ र आर्थिक वर्ष २०८३ र ८४ देखि २०९१ र ९२ सम्मको कार्ययोजनासमेत अनुमोदन गरेको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...