

शुक्रबार ललितपुरमा निर्वाचन आयोगले आयोजना गरेको छलफलमा बोल्दै उनले निर्वाचन निष्पक्ष हुन नसकेको दाबी गरिन् ।
आफूले निर्वाचन लड्दा बुथ कब्जा र धाँधलीका घटना भोगेको उल्लेख गर्दै उनले त्यसका प्रमाण आफूसँग रहेको बताइन् । कतिपय निर्वाचन क्षेत्रमा ९९ प्रतिशतसम्म मत खसेको घटना भए पनि त्यसको उचित सुनुवाइ नभएको उनको भनाइ छ ।
‘हाम्रो निर्वाचन क्लिन छैन । आज पनि निर्वाचन मनीले, मसलले हुन्छ, मिडियाले प्रभावित हुन्छ,’ अर्यालले भनिन् ।
उनले निर्वाचन प्रणाली सुधारका लागि विद्यमान विकृति पहिचान गर्नुपर्नेमा जोड दिँदै विदेश तथा अन्तरजिल्लामा रहेका नागरिकलाई मतदानको अधिकार सुनिश्चित गर्नुपर्ने बताइन् ।
अन्तरजिल्ला र अन्तरदेशीय मतदानको व्यवस्था गर्दा कानुनी तथा व्यावहारिक कठिनाइलाई समेत ध्यान दिनुपर्ने उनको सुझाव थियो ।

