देउवा पक्षलाई रुख र झण्डा प्रयोगमा रोक लगाउन माग गर्दै आयोग जाने कांग्रेसको तयारी

cp new add
Nisharg hospital
Dhangadhi

काठमाडौं । नेपाली कांग्रेसले देउवा समूहको महाधिवेशनमा पार्टीको आधिकारिक चुनाव चिह्न रुख र चारतारे झण्डाको प्रयोग रोक्न माग गर्दै निर्वाचन आयोग जाने तयारी गरेको छ ।

१५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति निर्वाचन आयोगमा अद्यावधिक भइसकेको अवस्थामा देउवा समूहले रुख र चारतारे झण्डा प्रयोग गर्दै समानान्तर महाधिवेशन अघि बढाएपछि कांग्रेस आयोग जान लागेको हो ।

कांग्रेसले जारी केन्द्रीय कार्यसमिति बैठकबाट निर्णय गराएर देउवा समूहको महाधिवेशनमा पार्टीको आधिकारिक चुनाव चिह्न र झण्डा प्रयोग गर्न नदिन माग गर्ने तयारी गरेको एक शीर्ष नेताले जानकारी दिए ।

‘एउटै पार्टीको दुईवटा महाधिवेशन हुन सक्दैन । कांग्रेसको महाधिवेशन सम्पन्न भएर निर्वाचित केन्द्रीय कार्यसमिति निर्वाचन आयोगमा अद्यावधिक भइसकेको छ,’ एक पदाधिकारीले भने, ‘कांग्रेसको रुख र झण्डा प्रयोग गरेर अर्को महाधिवेशन गर्न मिल्दैन । त्यसैले हामी आयोग जान्छौं ।’

देउवा समूह भने पार्टीको चुनाव चिह्न रुख र चारतारे झण्डा प्रयोग गर्दै वडा, पालिका, क्षेत्रीय, जिल्ला हुँदै प्रदेश अधिवेशनहरू गरिरहेको छ ।

उक्त समूहले आगामी २१ देखि २३ मंसिरसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने मिति तय गरेको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...