बाजुरामा ट्याक्टर दुर्घटनामा थप एक जनाको मृत्यु, मृतकको संख्या तीन पुग्यो

cp new add
Nisharg hospital
Dhangadhi

धनगढी । बाजुराको जगन्नाथ गाउँपालिकामा ट्याक्टर दुर्घटनामा घाइते भएकी थप एक महिलाको मृत्यु भएको छ। उनको मृत्युसँगै दुर्घटनामा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार गम्भीर घाइते जगन्नाथ गाउँपालिका–३ मनिकाँडाकी ५२ वर्षीया रामशरा देवी सिंहको कोल्टीस्थित आधारभूत अस्पतालमा उपचारका क्रममा शुक्रबार राति मृत्यु भएको हो। उनको शव अस्पतालको शवगृहमा राखिएको छ।

यसअघि दुर्घटनामा सोही ठाउँका ४५ वर्षीय धनरुप शाही र ३५ वर्षीय धर्म शाहीको मृत्यु भएको थियो।

दुर्घटनामा ट्याक्टर चालक अछामको रामारोशन गाउँपालिका–४ का २१ वर्षीय नवीन बोहरासहित पाँच जना घाइते भएका थिए। घाइते हुनेमा जगन्नाथ–३ मनिकाँडाकी ४० वर्षीया बिउरा ओड, ४५ वर्षीया सिद्धा ओड, २२ वर्षीया संगीता शाही र रामशरा देवी सिंह रहेका थिए। दुर्घटनामा घाइते अन्य चार जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ।

शुक्रबार साँझ साढे ६ बजे जगन्नाथ गाउँपालिका–३ स्थित दाउणा भन्ने स्थानमा दुर्घटना भएको थियो। पिलुचौरबाट मनिकाँडातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००२ त ४६८७ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब ५०० मिटर तल खसेको प्रहरीले जनाएको छ।

दुर्घटनाको खबर पाएपछि प्रहरी चौकी जुड्डी र इलाका प्रहरी कार्यालय बुढीनन्दाबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले घाइते तथा मृतकलाई उपचारका लागि कोल्टीस्थित आधारभूत अस्पताल पुर्‍याएको जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...