डोटीमा ७ किलो चरेससहित बझाङका दुई जना पक्राउ

cp new add
Nisharg hospital
Dhangadhi

धनगढी । डोटीमा प्रहरीले ७ किलोभन्दा बढि चरेससहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बझाङको दुर्गाथली गाउँपालिका–५ जाफ्रीका २८ वर्षीय वीरेन्द्र जप्रेल र ४८ वर्षीय ओमजंगबहादुर कडायत रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) रणबहादुर चन्दले जानकारी दिए ।

उनकाअनुसार उनीहरुलाई विशेष सूचनाका आधारमा बुडर–जोगबुढा सडकखण्डअन्तर्गत जोरायल गाउँपालिका–२ मिल चौराहमा चेकजाँचका क्रममा ७ किलो ८५ ग्राम चरेससहित पक्राउ गरिएको हो ।

लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय बुडरको संयुक्त टोलीले शंकास्पद अवस्थामा रहेको बा ७७ प८७०२ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चरेस फेला पारेको हो।

प्रहरीका अनुसार कडायतले बोकेको कालो झोलाभित्र लुकाइछिपाइ राखिएको अवस्थामा चरेस बरामद गरिएको हो । पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...