गाजामा भोकमरीको संकट कायमै, ६७ प्रतिशत जनसंख्या खाद्य संकटमा

cp new add
Nisharg hospital
Dhangadhi
युद्धविरामपछि मानवीय सहायता वितरणमा केही सुधार देखिए पनि गाजामा भोकमरीको अवस्था अझै गम्भीर रहेको संयुक्त राष्ट्रसंघका खाद्यसम्बन्धी निकायहरूले जनाएका छन् ।

संयुक्त राष्ट्रसंघको पछिल्लो प्रतिवेदनअनुसार गाजाको ६७ प्रतिशत जनसंख्या भोकमरीको संकटपूर्ण वा त्योभन्दा खराब अवस्थामा छ ।

एसोसिएटेड प्रेस (एपी) का अनुसार गत वर्ष अक्टोबरमा भएको युद्धविरामपछि मानवीय सहायता उपलब्धतामा केही सुधार आएको छ । त्यसका आधारमा गाजालाई भोकमरीको जोखिमसम्बन्धी प्रतिवेदनमा एक तह तल झारिएको भए पनि यसलाई नाजुक उपलब्धिका रूपमा व्याख्या गरिएको छ ।

प्रतिवेदनले गाजामा मानवीय आवश्यकता अझै उच्च रहेको उल्लेख गरेको छ ।

यस्तै, इजरायलको कब्जामा रहेको पश्चिम किनारमा समेत खाद्य असुरक्षा थप बढ्न सक्ने चेतावनी दिइएको छ । बढ्दो हिंसा, कमजोर आर्थिक अवस्था र मानवीय सहायता घट्दै जानुले त्यहाँ खाद्य संकट गहिरिन सक्ने प्रतिवेदनमा उल्लेख छ ।

प्यालेस्टिनीमाथि इजरायली बस्तीका बासिन्दाबाट भइरहेका हिंसात्मक आक्रमणले पनि मानवीय अवस्था थप जटिल बनाएको जनाइएको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...