कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

cp new add
Nisharg hospital
Dhangadhi

धनगढी । कैलाली र कञ्चनपुरबाट प्रहरीले भन्सार छली गरी भारतबाट ल्याइएका करिब १ लाख ३६ हजार रुपैयाँ बराबरका सामान बरामद गरेको छ ।

शनिबार कैलालीका विभिन्न स्थानबाट भन्सार छली गरी ल्याइएका लसुन तथा किरानाका सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । बरामद सामानको अनुमानित मूल्य ३३ हजार ७०० रुपैयाँ रहेको छ ।

त्यस्तै, कञ्चनपुरको भीमदत्त नगरपालिका–११ चौकीसत्ताबाट १ लाख २ हजार ५०० रुपैयाँ बराबरका पटाका बरामद गरिएको छ ।

दुवै जिल्लामा प्रहरी टोलीले बेवारिसे अवस्थामा सामान फेला पारेपछि आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...