श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ

cp new add
Nisharg hospital
Dhangadhi

मकवानपुर । मकवानपुरमा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा इन्द्रसरोवर गाउँपालिका–४ गोठभित्ता निवासी ४० वर्षीय रमेश पाख्रिन छन्। उनले ३५ वर्षीया श्रीमती रुकु पाख्रिनलाई कुटपिट गरी हत्या गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मंसिर ११ गते राति करिब ९ बजे रमेश र रुकुबीच झगडा भएको जानकारी स्थानीयले प्रहरीलाई दिएका थिए।सूचना पाएपछि प्रहरी चौकी फाखेलबाट टोली खटिएको थियो। प्रहरी पुग्दा रुकु घरभित्रको सुत्ने कोठामा मृत अवस्थामा फेला परेकी थिइन्।

प्रहरीका अनुसार मादक पदार्थ सेवन गरेका रमेशले श्रीमतीलाई कुटपिट गर्दा उनी अचेत भएकी थिइन्। घटनाबारे मंसिर १२ गते बिहान साढे १० बजे प्रहरी चौकी फाखेलमा जानकारी पुगेपछि प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान गरेको थियो। घटनामा संलग्न रहेको आरोपमा रमेशलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...