

५ मंसिर, धनगढी । कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा नागरिक उन्मुक्ति पार्टीकी रन्जिता श्रेष्ठले अग्रता लिएकी छन् ।
निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको प्रारम्भिक मत गणनाको नतिजाअनुसार श्रेष्ठले अग्रता लिएकी छन् ।
छ सय एक मतको गणना सकिदा श्रेष्ठले २६९, कांग्रेसका रामजनम चौधरीले१६०, एमालेका तपेन्द्र रावलले ८४ मत ल्याएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका टंकप्रसाद तिमिल्सिनाले ११ मत पाएका छन् ।
इलाका प्रशासन कार्यालय टीकापुरको भवनमा मत गणना भइरहेको छ ।

