चीनमा आगलागी हुँदा १० जनाको मृत्यु, ९ घाइते

cp new add
Nisharg hospital
suchana
Nast new

९ मंसिर, एजेन्सी । उत्तरपूर्वी चीनको सिन्जियाङ् प्रान्तको राजधानी उरुम्कीमा भएको आगलागीमा परेर कम्तीमा पनि १० जनाको ज्यान गएको छ भने अरु नौ जना घाइते भएका छन् ।

एक व्यक्तिको निजी घरमा भएको आगलागीमा परेर ती व्यक्तिको ज्यान गएको सुरक्षा अधिकारीहरूले जानकारी दिएका छन ।
अधिकारीहरूका अनुसार बिहीबार राति सो दुर्घटना भएको हो ।

उरुम्कीको नियानसाब जिल्लामा बिहीबार राति करिब ८ बजे एक व्यक्तिको निजी घरमा आगो सल्किएको थियो । यहाँका स्थानीय अधिकारीले दिएको जानकारी अनुसार राति १०ः ३५ मा मात्र आगो नियन्त्रणमा लिइएको थियो । यस आगलागीको कारणका बारेमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...