कैलालीमा अपेक्षाकृत परिणाम नआएको एमालेको निष्कर्ष, तल्लो कमिटिबाट कारण माग

cp new add
Nisharg hospital
suchana

२ पुष, धनगढी । नेकपा एमाले कैलालीले मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा अपेक्षाकृत रुपमा परिणाम नआएको निष्कर्ष निकालेको छ ।  शनिबार बसेको एमाले कैलालीको सचिवालय बैठकले चुनावी नतिजाबारे प्रारम्भिक समिक्षा गर्दै अपेक्षाकृत परिणाम नआएको निष्कर्ष निकालेको हो ।

कार्यवाहक अध्यक्ष दुर्गाप्रसाद जोशीको अध्यक्षतामा बसेको बैठकले कैलालीमा पार्टीले तेस्रो स्थान प्राप्त गरेपनि सोचे जस्तो परिणाम नआएको भन्दै पराजयका कारणबारे सोधीखोजी भएको सचिव डेजी पाण्डेले बताए ।

अपेक्षाकृत परिणाम नआउनुको कारणसहित अगामी पुष १० गतेभित्र लिखित प्रतिवेदन पठाउन मातहतका कमिटिलाई सर्कुलर गर्ने निर्णय भएको पाण्डेले बताए ।

उक्त सर्कुलरअनुसार वडा कमिटि, पालिका कमिटि, प्रदेशसभाका १० र प्रतिनिधिसभा ५ वटै निर्वाचन समन्वय परिचालन कमिटिको समिक्षा बैठकले समिक्षा बैठकको लिखित रिर्पोट तयार गरेर पठाउनुपर्ने उनको भनाइ छ ।

सचिवालय बैठकमा क्षेत्रगत चुनावी अवस्थाका बारेमा समान्य छलफल भएको एमालेले जनाएको छ । सचिवालय बैठकमा एमाले कैलालीका इन्चार्ज नारदमुनि राना प्रमुख अतिथि थिए भने जिल्ला सहइन्चार्ज गौरीशंकर चौधरी र कमला ओली अतिथि थिए ।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...