पुस्तान्तरणसहित पार्टी रुपान्तरणको पक्षमा रहेकाले थापालाई प्रस्ताव गरे : शेखर कोइराला

cp new add
Nisharg hospital
suchana

५ पुष, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पुस्तान्तरणसहित पार्टी रूपान्तरणको पक्षमा रहेकाले संसदीय दलको नेताको उम्मेदवारमा गगन थापालाई आफूले प्रस्ताव गर्ने बताएका छन् ।

होटेल बसेरामा बसेको आफू पक्षीय सांसदहरुको बैठकलाई सम्बोधन गर्दै कोइरालाले भने, ‘पुस्तान्तरण सहित पार्टी रूपान्तरणको पक्षमा छु । महाधिवेशनमा यही मुद्दासहित प्रतिस्पर्धा गरेका थियौं । म गगन माननीयलाई संसदीय दलको उम्मेदवारको लागि प्रस्ताव गर्दछु ।’ अहिले पार्टी महामन्त्रीसमेत रहेका गगन थापाले बोलिरहेका छन् ।

मंगलबार बिहान होटल एम्बास्डरमा बसेको थापा र कोइराला पक्षको बैठकमा कोइरालाले गगनलाई संसदीय दलको नेताको रुपमा प्रस्ताव गर्ने सहमति जुटेको थियो । सो छलफल लगत्तै कोइराला र थापा पक्षका सांसदहरुको बैठक अहिले होटेल बसेरामा बसिरहेको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...