कैलालीमा बाघकाे छालासहित चार जना पक्राउ

kmc

२० साउन, धनगढी । कैलालीमा बाघकाे छालासहित प्रहरीले चार जनालाई पक्राउ गरेकाे छ । विशेष सूचनाका आधारमा गोदावरी नगरपालिका-२ मा सुदूरपश्चिम अनुसन्धान समूह (आरआईटी र ईलाका प्रहरी कार्यालय मालखेतीबाट खटिएको टाेलीले सयुक्त प्रहरी टोलीले सुपप्र ०४-००१ च ०००६ नम्बरकाे बोलेरो जीपमा डाेटीबाट ल्याउदै गरेकाे अवस्थामा छालासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

suklaphata

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जाेशीले डोटीकाे जोरायल गाउँपालिका-२ का जीप चालक समिर ओली, कैलालीकाे चुरे गाउँपालिका-६ बस्ने टेक बहादुर रावत, धिरेन्द्र रावत र बैतडीको डिलासैन गाउँपालिका-२ राजेन्द्र सिंह भण्डारीलाई पक्राउ गरिएको जानकारी दिए ।

उनीहरूले सेतो प्लाष्टिक कट्टामा बाघको छाला र हड्डीहरु बाँधेकाे अवस्थामा बरामद गरिएको छ । डीएसपी जाेशीकाअनुसार प्रारम्भिक सोधपुछका क्रममा चालक ओलीले बुडरबाट बोलेरो जीप चलाएर फल्टुडेमा बाघको छाला र हड्डी हालेर बिक्री गर्ने उदेश्यले चारै जनाकाे सहमतिमा अत्तरियातर्फ आएकाे बुझिएको छ ।

बाघकाे छालाकाे लम्बाइ टाउको देखी पुच्छर सम्म ४ फिट ७ ईन्च, पुच्छरको लम्बाई ३ फिट २ ईन्च, चौडाई २ फिट २ ईन्च रहेकाे प्रहरीले जनाएको छ । हड्डीकाे ताैल २ किलाे छ । उनीहरूलाई आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय धनगढीकाे जिम्मा लगाइने प्रहरीले जनाएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...