


धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिमको महामन्त्रीमा सन्तोशराज जोशी दोहोरिएका छन् । धनगढीमा सम्पन्न प्रदेश महाधिवेशनबाट जोशी प्रदेश महामन्त्रीमा निर्विरोध निर्वाचित हुुँदै दोहोरिएका हुन् ।
जोशीले रास्वपाको तदर्थ समितिको महामन्त्रीका रुपमा काम गरिसकेका छन् । पार्टी स्थापनाकालदेखि संगठन निर्माण तथा विस्तारमा जोशीले महत्वपूर्ण भूमिका खेलेका छन् ।
कठिन परिस्थितिमा समेत पार्टीलाई सर्वोपरि ठानेर काम गरेको बताउदै जोशीले आफूलाई विश्वास गरी निर्वाचित गराउने प्रतिनिधि तथा पार्टी सदस्यलाई धन्यवाद समेत दिएका छन् ।
सुदूरपश्चिममा रास्वपालाई थप सशक्त, संगठित र जनविश्वासयोग्य राजनीतिक शक्तिका रूपमा स्थापित गर्न भूमिका खेल्ने प्रतिबद्धता जोशीले जनाएका छन् । पार्टीलाई जनमुखी बनाउदै सुशासन प्रवद्र्धन र विकासका मुुद्दालाई प्राथमिता दिने उनी बताउँछन् ।

