धनगढीमा घरको ब्रण्डामा पार्किङ गरिएको मोटरसाइकलमाथि आगजनी

spa1
Nisharg hospital

२४ साउन, धनगढी । धनगढीमा घरको ब्रण्डामा पार्किङ गरिएको मोटरसाइकलमा अज्ञात व्यक्तिले आगजनी गरेको छ । धनगढी उपमहानगरपालिका–६ को जालीगाउँका स्थानीय जगतप्रसाद चौधरीले घरको ब्रण्डामा पार्किङ गरेर राखेको सोमबार राति करीब ११ बजेतिर से ४ प ६८९३ नम्बरको होण्डा साइन मोटरसाइकलमा आगजनी गरिएको हो ।

swostik

सबै जना सुतिसकेको अवस्थामा मोटरसाइकलमा आज्ञात व्यक्तिले आगजनी गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपीं) वेदप्रकाश जोशीले मोटरसाइकल आगजनी गरेको अवस्था भेटिएको बताउदै घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए ।

kailali model

मोटरसाइकल धनी चौधरीले साँझ ५ बजे कार्यालयबाट फर्किएर ब्रण्डामा पार्किङमा राखिएको अवस्थामा अज्ञात व्यक्तिले आगजनी गरेको कुरा छिमेकीले देखेपछि मात्र थाहा पाएको बताए ।

adv khaptad

‘हामी खाना खाएर परिवारका सबैजना सुतिसकेका थियौँ,’ चौधरीले भने, ‘करीब ११ बजेतिर मोटरसाइकलमा आगजनी गरिएको छिमेकी विश्राम चौधरीले थाहा पाएर होहल्ला गरेपछि थाहा पाएको हुँ । पछि सबैजना मिलेर आगो निभायौँ ।’

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...