धनगढीमा दुई दिने निःशुल्क दन्त परीक्षण शिविर, ५ सयले लिए सेवा

cp new add
Nisharg hospital

१९ माघ, धनगढी । धनगढीमा दुई दिने निःशुल्क दन्त उपचार तथा परामर्श स्वस्थ्य शिविर सम्पन्न भएको छ । कान्तिपुर डेण्टल होमको सहकार्यमा युथ रेडक्रस सर्कल ऐश्वर्य बहुमुखी क्याम्पस र ऐश्वर्य विद्या निकेतनको संयुक्त आयोजनामा शिविर सम्पन्न गरिएको हो ।

उक्त शिविरमा करीब पाँच सय जनाले सेवा लिएको युथ रेडक्रस सर्कल ऐश्वर्य बहुमुखी क्याम्पसका कोषाध्यक्ष सत्यराज जोशीले जानकारी दिए ।

युथ रेडक्रस सर्कल ऐश्वर्य बहुमुखी क्याम्पसकि अध्यक्ष दिपा चैसिरको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथि ऐश्वर्य बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख धर्मदेव भट्ट रहेका थिए ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...