

६ चैत, धनगढी । नेकपा एमालेले सञ्चालन गरेको मिसन ग्रासरुट अभियान अन्तरगत कैलालीको कैलारी गाउँपालिकाको प्रतापपुर र पुर्वटेडिमा छलफल तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।
नेकपा एमालेले स्थानीय ,प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा भोग्नु परेका समस्या ,पार्टी सुदृढीकरण र बिस्तार अभियान सम्बन्धि टोलबासिलाइ जानकारी गराएको हो ।
सो अवसरमा स्थानीयले एमाले पार्टीले जनताको पक्षमा खेल्नुपर्ने सकारात्मक भुमिकाका बारेमा सहभागीले पार्टी प्रतिनिधिलाई सुझाव दिए । दुई वटा टोलमा एमालेका कैलाली जिल्ला कमिटी सदस्य मदनराज रेग्मी र बिरेन्द्र रावलले सहजीकरण गरेका थिए ।

