

१८ बैशाख, धनगढी । अनेरास्ववियु धनगढी नगर कमिटिले वडा नम्बर ३ मा जनतासँग जनप्रतिनिधि कार्यक्रम सम्पन्न गरेको छ । सोमबार नगर कमिटिले वडा नम्बर ३ का वडाध्यक्ष राजबहादुर लगातयको जनप्रतिनिधिको उपस्थितीमा कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा सहभागी स्थानीयले जनजिविकाका मुद्दालाई प्राथमिकतामा राखेर काम गर्न आग्रह गरेका छन् भने निर्वाचनका बेला जाहेर गरेर प्रतिबद्धतालाई स्मरण गराएका छन् ।
जवाफमा वडाध्यक्ष ऐरले जनभावनाअनुसार नै काम गर्ने गरिरहेको बताउदै स्रोत, साधनको अभावले समस्या भइरहेको बताएका थिए । अनेरास्ववियुका नगर कमिटि अध्यक्ष नितिश जोशीले कार्यक्रम सञ्चालन गरेका थिए ।
अनेरास्ववियुले यसअघि धनगढी उपमहानगरपालिका–१ र २ मा जनतासँग जनप्रतिनिधि कार्यक्रम सम्पन्न गरिसकेको छ भने अन्य वडामा पनि सञ्चालन गरिने जनाएको छ ।

