

१७ असार, अत्तरिया । सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी अत्तरियामा २५ लाखको लगानीमा नमस्ते ब्याटमिन्टन इन्डोर कोर्ट खुलेको छ । अत्तरियाको नमस्ते होटेलले ब्याटमिन्टन इन्डोर कोर्ट निर्माण गरेर सञ्चालनमा ल्याउन लागेको हो ।
आइतबार पत्रकार सम्मेलन गद्र्रै कोर्टको बारेमा जानकारी दिइएको छ । नमस्ते ब्याटमिन्टन इन्डोर कोर्टका सन्चालक लक्ष्मण धामी करिब २५ लाखको लगानीमा अत्याधुनिक कोर्ट बनाएको जानकारी दिए ।
उनकाअनुसार राष्ट्रिय स्तरमा बनेका कोर्टहरुकै मापदण्डमा बनाइएको छ । निजी क्षेत्रबाट ठुलो लगानीमा ब्याटमिन्टन इन्डोर कोर्ट निर्माण भएको भएपनी स्थानिय सरकारले अब खेल क्षेत्रमा लगानी बढाउनु पर्ने उनको भनाई थियो ।
गोदावरी नगरपालिका २ का वडा सदस्य तथा ब्याटमिन्टन खेलाडी देबराज भट्टले यस क्षेत्रमा ब्याटमिन्टन खेलको प्रभाव राम्रो हुँदै गएको र इन्डोर खेल मैदानको अभाब भएकाले अब सहज हुने बताए । कोर्ट भोलिदेखि सञ्चालनमा आउनेछ ।

