सुदूरपश्चिमका मुख्यमन्त्री र इजरायली राजदूतबिच भेटवार्ता

cp new add
Nisharg hospital
suchana

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र नेपालका लागि इजरायली राजदूत हनान गोडरबिच भेटवार्ता भएको छ ।

मंगलबार मुख्यमन्त्री शाहले इजरायलमा हमास आक्रमणबाट ज्यान गुमाएका नेपालका १० जना विद्यार्थीको परिवारलाई राहत उपलब्ध गराउन राजदूतलाई आग्रह गरेका छन् । मृतकका अभिभावकलाई भेट गर्न पनि मुख्यमन्त्रीले राजदूतलाई मुख्यमन्त्री शाहले आग्रह गरेका हुन् ।

‘लर्न एण्ड अर्न’ कार्यक्रम अन्तर्गत इजरायल पुगेका सुदूरपश्चिम विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीको डेढ महिना अगाडि हमास आक्रमणबाट ज्यान गएको थियो । हमासले बन्दी बनाएर लगेको कञ्चनपुरका विपिन जोशीको तत्काल उद्धार र परिवारलाई राहतका लागि पनि मुख्यमन्त्रीले राजदूतलाई आग्रह गरेको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...