ब्रोकर नंम्बर ३४ ले धनगढीमा लगानीकर्ता सचेतना कार्यक्रम गर्ने

cp new add
Nisharg hospital
suchana

धनगढी । भिजन सेक्युरिटिज प्रालि (स्टक ब्रोकर नंम्बर ३४)ले सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा सेयर कारोबार सम्बन्धी ज्ञान अभिबृद्धिको लागि एक दिने लगानीकर्ता सचेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गर्नेभएको छ ।

भिजनले यही फागुन ५ गते शनिबार धनगढीस्थित ओम प्यालेसमा निशुल्करुपमा सेयर कारोबार सम्बन्धी ज्ञान अभिबृद्धिको लागि एक दिने लगानीकर्ता सचेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गर्न लागेको हो । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त कार्यक्रमको आयोजना गर्न लागेको भिजन सेक्युरिटिजले जनाएको छ ।

कार्यक्रममा दोस्रो बजारमा कारोवार गर्नका लागि आवश्यक प्रक्रिया, लगानीकर्ताले ध्यान दिनुपर्ने विषय, अनलाइन कारोबारसम्बन्धी व्यवस्थालगायतका विषयहरुमा
कार्यक्रममा दोस्रो बजारमा कारोबार गर्नका लागि आवश्यक प्रक्रिया, लगानीकर्ताले ध्यान दिनुपर्ने विषय, लगानीकर्ताले गर्ने गल्तीहरु, लगानी गर्दा ध्यान दिनुपर्ने कुराहरु त्था अनलाइन कारोबारसम्वन्धी व्यवस्थालगायतका विषयमा जानकारी दिइने भिजन धनगढी शाखाकी माया जोशीले बताइन् ।

त्यसैगरी धितोपत्र बजारसम्बन्धी नीति, नियम तथा प्रावधानहरुका साथै सेयर बजारमा हुने जोखिम तथा प्रतिफल, कम्पनीहरुको आधारभूत प्राविधिक विश्लेषणलगायतका बारेमा सहभागीलाई प्रशिक्षित गराइने जोशी जानकारी दिइन् ।

कार्यक्रममा भिजन सेक्युरिटिजका कार्यकारी अध्यक्ष राजकुमार तिमिल्सिना र सेयरबजारबिज्ञ तथा विश्लेषक सुवासचन्द्र भट्टाराईले प्रशिक्षण दिने बताइएको छ । कार्यक्रममा निशुल्क प्रवेशको ब्यवस्था रहेको र सेयरबजारमा कारोबार गरिरहेका र लाग्न रुची भएका सबैलाई सो प्रशिक्षण सहभागी हुन भिजनले आमन्त्रण गरेको छ ।

धितोपत्र बजारको पहुँच नपुगेका क्षेत्रहरुलाई लक्षित गरी लगानीकर्ता सचेतना अभिवृद्धि कार्यक्रम आयोजना गर्दै आएको भिजनले जनाएको छ । भिजनले धितोपत्र कारोबारको विकास तथा विस्तारका लागि उपत्यकाबाहिर धनगढीसहित ९ वटा तथा उपत्यकाभित्र ३ वटा गरी १२ स्थानमा शाखा विस्तार गरी सेवा प्रवाह गरिरहेको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...