

धनगढी । कैलालीकाे एक विद्यालयले राहत शिक्षककाे परीक्षामा बदमासी गरेकाे पाइएको छ ।
गोदावरी नगरपालिका- ८ काे शारदा माध्यमिक विद्यालयले शिक्षक पदपुर्तीको परीक्षामा गम्भीर लापरवाही गर्दै सेटिङमा भर्ना गर्न खाेजेकाे आराेप लागेकाे छ ।
विद्यालयले प्लस टुकाे अंग्रेजी विषयको राहात शिक्षककाे लिखित परीक्षामा उत्तर पुस्तिका नै बाडिएकाे पाइएको छ ।
शनिवारकाे पहिलो लिखीत परिक्षा सञ्चालन हुनुपुर्व प्रश्नपत्र लिक गर्दै विद्यालयका प्रधानाध्यापक निकट व्यक्तिलाई थमाएकाे आराेप छ ।
विद्यालयले प्रधानाध्यापक निकट परीक्षार्थीलाई प्रश्नपत्र सँगै उत्तरपुस्तिका दिएकाे कुरा लिक भएपछि तत्काल रद्द गर्दै प्रश्नपत्र फेरेर फेरि परीक्षा लिइएकाे छ । तर विज्ञको टोली परिवर्तन नगरिएको, विज्ञ टोली गोला प्रथाबाट नछानिएको, आफन्तलाई धनगढीबाट बोलाएर पुन: परीक्षा गराइएपछि सेटिङ पुष्टि हुने आधार भएको दाबी गरिन्छ ।
तर विद्यालयका प्राध्यानाध्यापक भोजराज जोशीले भने प्रश्नपत्र बाड्दा प्राविधिक त्रुटीबस उत्तरपुस्तिका बाडिएकाे दाबी गरेका छन् ।
उनले सेटिङ गरेकाे आराेप निराधार भएकाे दाबी समेत गरेका छन् । उत्तरपुस्तिका बाडिएकाे थाहा हुने बित्तिकै रद्द गरेर पुन: परीक्षा लिइएको बताए ।

