press
po

डिल्लीराज पन्त भन्छन् : धनगढी फर्केर प्रतिनिधिसभा चुनावको तयारीमा लाग्छु

cp new add
Nisharg hospital
dhanga
Rubic

९ असोज, धनगढी । नेपाली कांग्रेसका नेता डिल्लीराज पन्तले कैलाली निर्वाचन क्षेत्र नम्बर ५ को प्रतिनिसभा सदस्यमा चुनाव लड्न्े बताएका छन् । पार्टीबाट चुनावको तयारीमा लाग्न निर्देशन आएको बताउँदै पन्तले धनगढी फर्केर तयारीमा लाग्ने बताएका हुन् ।

sanjiwan
Nisharg

शनिबार बालुवाटार पुगेर पार्टी सभापति समेत रहेका प्रधानमन्त्री पत्नी आरजु राणालाई भेटेका पन्तले पार्टीबाट प्रतिनिधिसभा सदस्यको चुनावको तयारीमा लाग्ने निर्देशन आएको खुलाएका हुन् ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

‘प्रतिकुल स्वास्थ्य अवस्थाका कारण चिकित्सकले मलाई बेड रेष्ट गर्न सुझाव दिएकाले कैलाली–५ बाट अगामी चुनाव लड्न नसक्ने हुँदा समानुपातिक रोजे भन्नुभएको छ,’ आरजुको भनाई उदृत गर्दै पन्तले प्रेसपत्रसँग भने, ‘अब त्यहाँ तपाईलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने कुरा छ । चुनावको तयारीमा लाग्नुस् भन्नुभयो ।’

HAMRO DAIRY
Nav

कैलाली–५ बाट प्रतिनिधिसभा सदस्यमा एकल सिफारिसमा परेकी आरजुलाई नेपाली कांग्रेसले समानुपातिक सूचीमा राखेपछि यहाँ नयाँ उम्मेदवारको खोजी भएको थियो । अब २०७४ सालको चुनावमा कैलाली–५ को प्रदेशसभा ‘ख’ बाट सुदूरपश्चिम प्रदेशसभा सदस्यमा विजयी भएका पन्त अगामी मसिर ४ मा हुने चुनावमा प्रतिनिधिसभा सदस्यको उम्मेदवारका रुपमा देखिनेछन् ।

‘अब पार्टीको निर्देशनअनुसार कैलाली–५ का जनताको इच्छा, आकांक्षा पूरा गर्न प्रतिनिधिसभा सदस्यको चुनावमा होमिनेछु,’ पन्तले भने, ‘भोलि काठमाडौँबाट फर्केर तयारीमा लाग्छु ।’ अघिल्लो निर्वाचनमा माओवादी केन्द्रका रमेश धामीलाई पराजीत गर्दै प्रदेशसभा सदस्यमा विजयी भएका पन्तलाई क्षेत्रिय समितिले यस पटक पनि प्रदेशसभामा सिफारिस गरेको थियो ।

तर प्रतिनिधिसभा सदस्यमा एकल सिफारिसमा परेकी प्रधानमन्त्री पत्नी आरजुले समानुपातिक रोजेपछि स्वयंम उनैले पन्तलाई आफ्नो ठाउँमा चुनाव लड्न प्रस्ताव गरेकी हुन् । आरजुले छाडेपछि कैलाली–५ मा कांग्रेस सुदूरपश्चिमका महामन्त्री नरनारायण शाह ‘मनु’ नेता सुनिल भण्डारी, क्षितिज भण्डारी, कृष्ण महरा, नृपबहादुर वड लगायत उम्मेदवार बन्ने चर्चा चलेको थियो ।

तर बालुवाटारले भने पन्तलाई उम्मेदवार बनाउने इच्छा देखाएको छ । २०७४ सालको निर्वाचनमा आरजुलाई असहयोग गरेको भन्दै क्रियाशिल सदस्य समेत नरहनेगरी कारवाही गरेका पुष्करनाथ ओझाले भने कुनै पनि हालतमा चुनाव लड्ने निकटस्थहरुलाई बताउने गरेका थिए । उनकै कारण आरजु पछाडि हटेपछि भने ओझाले कुनै प्रतिक्रिया जनाएका छैनन ।

पन्तलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने चाहाना राखेको बालुवाटारले कैलाली–५ को प्रदेशसभा ‘ख’ मा आरजुका स्वकीय सचिव समेत रहेका महाधिवेशन प्रतिनिधि प्रकाश देउवालाई उम्मेदवार बनाउने तयारी गरेको नेताहरु बताउँछन् । यद्यपी यो विषय अझै प्रष्ट भइसकेको छैन । देउवा प्रधानमन्त्री शेरबहादुर देउवाका भतिजा समेत हुन् ।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...