कैलाली कञ्चनपुरबाट भन्सार छलिका सामान बरामद

cp new add
Nisharg hospital

अत्तरिया  कैलाली कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ । आइतबार कैलालीको धनगढी, गोदावरी, भजनी, टीकापुर र कञ्चनपुरको पुनर्वासबाट अवैध सामान बरामद गरिएको हो ।

Telecome

धनगढी उपमहानगरपालिका – १९ लल्लिपुर घाट, गोदावरी नगरपालिका – २ तेघरी पहाड रोड, भजनी नगरपालिका – ५ कव्वाखेडा घाट र टीकापुर नगरपालिका – ९ वालुवाटार स्थित सडक खण्डबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका ४ लाख ३४ हजार १ सय बराबरको अवैध सामान बरामद गरिएको हो । जसमा चिनी, हरियो खुर्सानी, आलु, सुगुडा, खजुरा, बिडी, सुर्ती, सुटपिस, टोपि ,लेडिज कुर्ता, हुट, मोजा, टोपि, धोती, ब्लाउज, ईलेक्ट्रिक आईरन, घडि, रेडियो, टेस्टर, पानि तान्ने मोटर, साइकलका सामान लगायतका सामानहरु रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

यस्तै पुनर्वासनगरपालिका – २ अमरैया र पुनर्वासनगरपालिका – ६ ‘ङ’ गाँउबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका १ लाख १० हजार ८१० रुपैयाँ बराबरको सुपारी, सुर्ती, सुटपिस, लेहेङ्गा, प्लाष्टिक झिल्ली लगायतका सामानहरु बरामद गरिएको प्रहरीले जनाएको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...