शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पारित

cp new add
Nisharg hospital

काठमाडौं । ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८१’ प्रतिनिधिसभाबाट पारित भएको छ ।

Telecome

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले विधेयक पारित गरियोस् भनेर राखेको प्रस्ताव सभाबाट सर्वसम्मत पारित भएको हो ।

विधेयक शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले दफावार छलफल गरी प्रतिवेदनसहित पारित गरेर प्रतिनिधिसभामा पेश गरेको थियो ।

उक्त विधेयक राष्ट्रियसभामा उत्पत्ति भएको हो । विधेयक प्रमाणित भएको ३१औं दिनबाट लागू हुने व्यवस्था विधेयकमा गरिएको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...